बालकृष्ण समलाई लागेको आरोप जसको बेला बेला चर्चा हुने गर्छ ।
***
आगो र पानी, चिसो चुल्हो, मुटुको व्यथा, मुकुन्द-ईन्दिरा, अमरसिंह, प्रेमपिण्ड आदि पुस्तकका कारण नै सायद बालकृष्ण समलाई नेपालका शेक्सपियरका रूपमा तुलना गर्ने गरिएको हो ।
शमशेरबाट सम बनेका बालकृष्ण सम राणा परिवारको भएकै कारण कतिपय आरोप लागेका थिए । उहाँका विद्यार्थी लक्ष्मीनन्दनले परीक्षामा ‘नपुंशक राणा’ लेखेको र सोको सूचना पद्म शमशेरमार्फत् तत्कालीन श्री ३ जुद्ध शमशेरसम्म पुगेको भन्ने गरिन्छ । सूचना पुग्नु त केही थिएन नै तर त्यसकै कारण लक्ष्मीनन्दनले १२ वर्षको जेल सजाय (पछि घटाएर ६ वर्ष) पाउनु र क्षयरोगका कारण जेलमा नै उनको निधन हुनुले बालकृष्ण समलाई निधनको ४ दशकपछिसम्म पनि छोडेका छैनन् । कतिपयले राणा परिवारका भएका कारण सो बेला अफबाह फैलाउने समूह सक्रिय रहेको र त्यसकै मारमा सम पनि परेको बताउने गरेका छन् ।
०००
मदन पुरस्कार पाउने पहिलो विदेशी को हुन् ? के योगदान छ ?
***
विलियम बर्क मदन पुरस्कार पाउने पहिलो विदेशी हुन् । उनलाई फादर विलियम बर्क भनेर पनि चिनिन्छ। हेलिङ्ग्याक्स, क्यानडामा जन्मेका विलियमले आफ्नो औपचारिक पढाइ सकिएपछि हिन्दी माध्यमको विद्यालयमा अध्यापन सुरू गर्नु भएको हो । सन् १९८१ तिर नेपाली माध्यमको विद्यालय सेन्ट रोबर्टस उच्च विद्यालय, दार्जिलिङमा प्रधानाध्यापक हुनु भएका बर्कले १ वर्ष नेपाली भाषाको अध्ययपछि केही वर्षको मेहनतस्वरूप तयार भएको सही शब्द नामक नेपाली ग्रन्थका लागि २०५१ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएको हो । त्यसो त एउटा भनाइ के छ भने- बर्कले शिक्षकदेखि प्रधानाध्यापक हुँदै कहिले प्रदेश संयोजक त कहिले भाषा पाठशालाको निर्देशक अनि रिभाइजर पदसम्म प्राप्त गर्दा दार्जिलिङमा प्राप्त गर्न बाँकी कुनै महत्वपूर्ण पद मात्रै बाँकी थिए । इसाइ धर्मग्रन्थलाई नेपालीमा रुपान्तर गर्ने तथा इसाइ सम्प्रदायका युवाहरूको आवाज मुखरित गर्ने एक अभियन्ता बर्कको निधन सन् २०१९ मा ९४ वर्षको उमेरमा दार्जिलिङमा भएको हो ।
०००
शिरीषको फूलमा शङ्कर लामिछाने भूमिकाः भूमिका राम्रो कि पुस्तक ?
***
यो विवाद जहिल्यै भइरह्यो । पारिजातको लेखन राम्रो वा शङ्कर लामिछानेको भूमिका ? महत्ताहीन, बैंसको मान्छे, सडक र प्रतिभा, अन्तरमुखिलगायतका दर्जनौँ कृतिका कृतिकार पारिजातले वि.सं. २०२२ मा शिरीषको फूलका लागि मदन पुरस्कार पाउनु भयो भने २०२४ मा लामिछानेले ।
लामिछाने नेपालमा हाइकु प्रवेश गराउने पहिलो सर्जक अनि रेडियो नेपालका पहिलो गीतकार हुनुहुन्छ । उहाँले नै लेख्नुभएको भूमिका रहेको शिरीषको फूलले मदन पुरस्कार त पिटर जे कार्थकको ‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’ ले साझा पुरस्कार प्राप्त गर्यो । एब्सट्र्याक्टः चिन्तप्याज, बिम्ब प्रतिबिम्ब, गौँथलीको गुँड, गोधुली संसार लामिछानेका कृति हुन् ।
लेखनको चरमतामा प्रवेश गर्दै गर्दा लामिछानेले माइकल कर्वीको लेखकबाट प्रेरित भएको तथा लेख चोरेको आरोपसमेत सहनुपर्यो । तर उहाँले जागिर नभएको र बाँच्नका लागि अनेकन सङ्घर्ष गरेको कुराहरू पनि प्रकाशमा आए । लामिछानेको परिचय तथा पहिचान भने भविष्यका लागि लेख्ने लेखकका रूपमा रहिरहेको छ । गुठी अड्डादेखि काव्य प्रतिष्ठान मात्र होइन शङ्कर होटल ट्राभल टुर्सका प्रशासक बनेका लामिछाने २०३२ मा त प्यारालाइसिसले थलिँदै गरेकी पारिजात २०५० सालमा संसारबाट बिलिन हुनुभयो । (गाइने)
