असार १, शनिबार
नवसाहित्य अनलाइन । गजल मञ्च मकवानपुरले २१४ औँ गजल यात्रा सम्पन्न गरेको छ ।
शनिबार हेटौँडामा नियमित कार्यक्रममा क्रममा गजल वाचन तथा गजल गायन गरिएको हो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि निमेष निखिल, हास्यव्यङ्ग्यकार तथा विशिष्ट अतिथि आरसी रिजाल रहनुभएको कार्यक्रममा मञ्चका अध्यक्ष केशव समर्पणको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा मिथिला अधिकारी, प्रेरक गौतम, मनोज पोखरेल, मुस्कान तिमल्सिना, दीपक गौतम, मुना धिताल, निमेष निखिल, हरि पौड्याल, केशव समर्पणलगायतले आ-आफ्ना गजलहरू वाचन गर्नुभयो भने पुरुषोत्तम आचार्य, ऋषिराम आचार्य र हरि पौड्यालले गायन गर्नुभयो ।
पूर्व अध्यक्ष मुस्कान तिमल्सिनाको कार्यकालमा गजल मञ्च मकवानपुर दर्ता भएर आधिकारिकता प्राप्त गरेको र त्यसलाई सबैको साथ सहयोग रहेको स्मरण गर्दै अध्यक्ष समर्पणले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो ।
साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त हलमा आयोजना भएको कार्यक्रमलाई मञ्चका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभएको हो ।
