श्रावण १७,बिहिबार
नवसाहित्य अनलाइन ।
आज
सक्छौ भने !
भालेहरू नबास्नू,
चुराहरू नबज्नू,
मन्दिरहरू घण्ट नबजाउनू,
मस्जिदहरू नवाज नपढ्नू,
चराहरू बिहानै नचिर्बिराउनू,
ढोकाहरू च्यारचुर नगर्नू,
बतास सुस्तरी चल्नू,
शीतहरू बिस्तारै खस्नू,
बिस्तारै चिहाउनु रवि,
रोगले थलिएकी मेरी आमा भर्खरै निदाएकी छिन् ।
हेटौंडा, मकवानपुर
