१८ साउन, शुक्रबार
नवसाहित्य अनलाइन । साहित्यकार रमेशमोहन अधिकारीद्वारा लिखित नियात्रा संग्रह ‘संयात्राको संयोग‘ विमोचन हुने भएको छ ।
साहित्यकारद्वय दीपक गौतम रजनी पौडेलले समीक्षा गर्नुहुने अधिकारीको यो सातौँ पुस्तक रहेको छ ।
झरना साहित्यिक परिवार (झसाप) मकवानपुरको आयोजनामा १९ गते शनिबार कृति विमोचन गर्न लागिएको झसाप अध्यक्षविश्वनाथ सञ्जेलले बताउनुभयो । झसापको ३०६औँ साहित्य शृङ्खलाका क्रममा अधिकारीको कृति मकवानपुर बहुमुखीक्याम्पसको सभाहलमा विमोचन गरिने अध्यक्ष सञ्जेलले जानकारी दिनु भएको छ ।
