१८ साउन, शुक्रबार ।
नवसाहित्य अनलाइन । नेपाल विद्युत प्राधिकरणले कविता प्रतियोगिताका लागि कविता माग गरेको छ ।
प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताका लागि यही साउन २१ गते सोमबार रातको १२:०० बजेभित्रपठाइसक्नुपर्ने सूचनामार्फत् जानकारी दिएको छ ।
सूचनामा नेपाली भाषामा लेखिएको, मौलिक र अन्त कतै प्रकाशित वा प्रशारित नभएको कविता प्रतियोगितामा पठाउनुपर्ने र मुक्तक, गजल, गीत आदि उपविधा विगतमा पठाइएकोमा नपठाउन आग्रह गरिएको छ । २०० सय शब्दसीमा तोकिएको कविताका लागि“३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कविता प्रतियोगिताका लागि प्रेषित कविता” भन्ने वाक्य अनिवार्य प्रयोग गर्नुपर्नेजानकारी गराइएको छ ।
neapoem@gmail.com मा प्रेषण गर्न सकिने कविता प्रिती वा कालिमाटी फन्टमा टाइप गरी पठाउन सकिनेलगायतका विस्तृतजानकारी सूचनामार्फत् प्रकाशन गरिएको छ ।
