२० साउन, मकवानपुर । नवसाहित्य अनलाइन
लघुकथा समाज, नेपालद्वारा प्रदान गरिँदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र‘धनमान लघुकथा पुरस्कार–२०८१’ प्रदान गर्नका लागि दुई जना लघुकथा स्रष्टाको नाम चयन गरिएको छ ।
लघुकथा समाजले विज्ञप्ति सार्वजनिक गर्दै ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ का लागि हेटौँडाका लघुकथाकार आर.आर. चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ का लागि भक्तपुरका लघुकथाकार श्याम आशा छनोट भएको जानकारी गराएको हो ।
लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको वि.सं. २०६५ मा ‘विघटनको तयारीमा’ लघुकथासङ्ग्रह प्रकाशित छ । यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आउनुभएको छ । उहाँका नेपाल भाषामा ७ वटालघुकथासङ्ग्रह प्रकाशित छन् भने दुई वटा सङ्ग्रह नेपालीमा अनुदित छन् ।
लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समाजका सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमकोसंयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
समितिको सिफारिस अनुसार दुबै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ । दुबै पुरस्कार तथासम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७ औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेषसमारोहको आयोजना गरेर प्रदान गरिने छ भने ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदानगरिने समाजको विज्ञप्तिमा उल्लेख छ । लघुकथा समाजले भदौ ४, ५ र ६ गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउनेजनाएको छ।
