मकवानपुर, श्रावण १३

साहित्य सङ्गम मकवानपुरको ३३३ औँ नियमित साहित्य सन्ध्या कार्यक्रम अन्तर्गत स्मृति विशेष रचना वाचन सम्पन्न भ‌एको छ ।

साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता र निर्मोही व्यासको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल विशिष्ठ अतिथि रहनु भ‌एको थियो ।

शनिबार साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त हलमा सञ्चालित कार्यक्रममा स्रष्टाहरूको रचना वाचन गरी स्वर्गीय तिम्सिनालाई सम्झना गरिएको हो ।

कार्यक्रममा बाल सर्जक अनुसुया खनालका साथै अनिल कोइराला, बैकुण्ठ लामिछाने, आँचल साहित्य कला पुञ्जकी सचिव सबिता तिमल्सिना, यश लामा, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, किशन पौडेल, पुरूषोत्तम आचार्य, गीतकार शम्भुजित बासकोटा, देवराज खरेल, जनार्दन खनाललगायत सर्जकको रचना वाचनले कार्यक्रम श्रवणीय बनेको थियो ।

नेपाली लेखक संघका केन्द्रिय सदस्य हयग्रीव आचार्य, सर्जक रमेश अधिकारी, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, टिका अविरल, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, सुवास खनाल, साहित्यसेवी मुक्तीगोविन्द वैद्य आदि उपस्थित कार्यक्रमलाई संगम सचिव डिबी बर्तौलाले सहजीकरण गर्नुभ‌एको हो ।