श्रावण २६, शनिबार
नवसाहित्य अनलाइन । नवसर्जक साहित्य चौतारी नेपालद्वारा आयोजित स्थलगत ‘बाल/किशोर कथा लेखन प्रतियोगिता’ सम्पन्न गरेको छ । शनिबार अनलाइनमार्फत् भएको प्रतियोगितामा ३३ सहभागीमध्ये प्रतियोगीमध्ये ५ जनालाई उत्कृष्ट स्थान हासिल भएको छ ।
उत्कृष्ट तीनअन्तर्गत प्रेरक गौतम (कक्षा-८, जी. एस. निकेतन मावि, हेटौँडा), आध्या भट्टराई (कक्षा-७, हेटौँडा एकेडेमी, हेटौँडा), अनसूया खनाल (कक्षा-६, तुलसीमेहर मावि, हेटौँडा) पुरस्कृत पाँचै जना नवसर्जकहरूले आइतबार किताबघरमा एक कार्यक्रमबिच ती पुरस्कार प्राप्त गर्नु भएको छ । ज्ञानदीप शिक्षा (जी.एस.) निकेतन मावि, हेटौँडाले पुरस्कारस्वरूप पुस्तकहरू उपलब्ध गराएको हो ।
यस्तै नवसर्जकहरू समीर गौतम (कक्षा-८, श्री भैरव मावि, वाग्लुङ) र शिखा दनुवार (कक्षा-७, एस. ओ. एस. हर्मन मावि, बनेपा) ले प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको छ ।
२६औँ मासिक शृङ्खलाअन्तर्गत आयोजित प्रतियोगिता नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता, संस्थाका संरक्षक/परिकल्पनाकार दीपक गौतम, हेटौँडा एकेडेमीकी शिक्षक राधिका भट्टराईको आतिथ्य तथा सल्लाहकारहरू डीबी बर्तौला र अर्चना दाहाल निर्णायक रही सम्पन्न कार्यक्रमलाई सदस्य रोश्नी चौलागाईँले सहजीकरण गर्नुभएको हो ।
श्रावण महिनाभर कथा लेखनमा सहभागी नवसर्जकहरूकाबिच प्रतियोगिता आयोजना गरिएको र भाद्र महिना मुक्तक र गजल विधाविशेष लेखन एवम् प्रतियोगिता सञ्चालन हुने अध्यक्ष चौलागाईँले जानकारी दिनु भएको छ ।
चौचारीले हरेक शुक्रबार र शनिबार साँझ ६:१५ देखि नवसर्जक कार्यशाला सञ्चालन गर्दै आइरहेको संरक्षक गौतमले बताउनुभयो ।
