- नवसाहित्य
नवसाहित्य डटकम
संवाददाता
भाद्र २, आइतबार
नवसाहित्य अनलाइन । साहित्य सङ्गम मकवानपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रचना वाचन, विमर्श, विमोचनलगायतका साहित्यिक गतिविधिहरू गर्दै आएको सङ्गमले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभएको छ । मकवानपुरमा साहित्यिक संस्थाले रक्तदानको आयोजना गरेको पहिलो कार्यक्रम रहेको समेत उहाँले बताउनुभएको छ ।
कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी, पत्रकारलगायतले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा चिरञ्जीवि लामिछाने, पुष्पा काफ्ले ढुङ्गेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, सानु खनाल, सन्देश गौतम, संप्रस पौडेल, सुबास सजल, ध्रुव सिन्तान, सुजन ढकाल, भावना सापकोटा, अजर फुयाँल, कुबेर पराजुली, रोश्नी चौलागाईँ, कमल नेपाल, अन्जान खड्का, देवकी तिमल्सिना, बैकुण्ठ नेपाल, डीबी बर्तौलालगायत हुनुहुन्थ्यो । बर्तौलाले जानकारी दिनुभयो । आइतबार ३५औँ सन्ध्या दिवसको अवसर पारेर साहित्य सङ्गम/सिस्नुपानी मकवानपुरको हलमा आयोजित कार्यक्रममा विविध साहित्यिक रचना वाचन समेत गरिएको थियो ।






