बुटवल-११, कालिकानगर, रुपन्देही स्थायी घर भएका देवराज तिवारी हाल हेटौँडा-४, मकवानपुरका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ नेपालीमा एम. ए., बी. एड. (एक वर्षे) पछि हेटौँडा स्कुल अफ म्यानेजमेन्ट, हेटौँडा, मकवानपुरमा प्राध्यापन गरिरहनुभएको छ । उहाँ कविता, गजल, गीत, मुक्तकलगायतका विधामा सक्रिय हुनुहुन्छ । गजल मञ्च मकवानपुरका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । उहाँका ‘भावहरूका सन्दर्भ’ गजल सङ्रग्रह-२०७०, ‘न्यायको सौन्दर्य’ कविता सङ्रग्रह-२०७६ का साथै विभिन्न पत्रपत्रिकामा फुटकर लेखरचना प्रकाशित छन् । उहाँ मकवानपुर जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता प्रथम-२०६५, गजल मञ्च मकवानपुरबाट कृति प्रकाशन सम्मान-२०७०, हेटौँडा स्कुल अफ म्यानेजमेन्टद्वारा उत्कृष्ट शिक्षक सम्मान-२०७१, साहित्य सङ्गम मकवानपुरद्वारा सुभद्रादेवी मदन मुडभरी स्मृति काव्य पुरस्कार-२०७६ लगायतबाट सम्मानित-पुरस्कृत भइसक्नुभएको छ ।
