- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
२७ भाद्र/नवसाहित्य । कवि यश लामाको कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ आश्विन ३ गते बजारमा आउने भएको छ । साङ्ग्रिला बुक्सद्वारा प्रकाशन गरिएको कविता सङ्ग्रह नेपालभर उपलब्ध हुन लागेको हो ।
६ खण्डमा विभाजन गरी कूल ४५ वटा कविताहरू समावेश भएको सङ्ग्रहलाई असोज ५ मा हेटौँडामा एक कार्यक्रमबिच लोकार्पण गरिने कृतिकार लामाले बताउनुभएको छ ।
सामाजिक विषयवस्तुलाई लिएर वहिष्करणमा परेकाहरूको आवाजका साथै विभेद र असमानताका विरूद्ध साहित्यिक लेखनबाट चिनिनु भएका लामा गजलमा समेत दख्खल राख्नुहुन्छ ।
कवि तथा प्रकाशोन्मुख कृतिका बारेमा विभिन्न सर्जकहरूका विचारहरूः
“बहिष्कृत आवाज” लाई हामी बाँचिरहेका समाजमा एउटा सशक्त हस्तक्षेप सङ्ग्रहको रुपमा स्थान लिन सक्ने कुरामा विश्वास लिएको छु। – मनोज मोक्तान, शिक्षक
०००
तपाईंको काव्यकृतिको प्रतिक्षा गरेको धेरै काल भयो । तपाईंको कविताहरुको प्रसंशक र आलोचक दुबै हुँ । धर्म, संस्कृति र रितिरिवाजको नाममा समाजमा व्याप्त कुसंस्कारहरुको बिरुद्धमा “बहिष्कृत आवाज” कविता सङ्ग्रहमा समावेश भएका कविताहरुले प्रतिरोधात्मक आवाज ओकलेका छन् भन्ने कुरामा म विश्वस्त छु । – शान्ति प्रियवन्दना, कवि
०००
प्रिय कवि यश लामाजीको कविता सङ्ग्रह आउदै गरेको खबरले हामी सबैमा खुसी छाएको छ । यो कृति चाँडै तपाईं हामी सबैको हुनेछ । – बैकुण्ठ लामिछाने, कवि
०००
यश दाइलाई धेरै धेरै बधाई एवम् कृतिगत सफलताको भारी शुभकामना छ। तपाईंको यो कृतिले सारा देश र विश्वको श्रमजीवीहरुका आवाज बोलेको छ भन्नेमा दुइमत छैन । भुइँमान्छेहरुको आवाज लेख्ने तपाईंको कलमको निभ कहिल्यै नभाँचुन । शुभकामना । – सुबास सजल, कवि
०००
प्रगतिवादी धारका प्रिय कवि यश लामाको कवितासङ्ग्रह `बहिष्कृत आवाज´ असोज ३ बाट हाम्रो हुने भएको छ । कविलाई हार्दिक बधाई तथा कृतिगत सफलताको शुभकामना । – श्रीराम अधिकारी, कवि
०००
एउटा चिरप्रतीक्षित पुस्तक ! – निमेष निखिल, कवि
०००
फरक सोच भएका उर्जाशिल, प्रगतिशील कवि यश लामालाई हार्दिक बधाईसहित कृतिगत सफलताको शुभकामना, बागी यात्रा निरन्तर रहोस् । – ध्रुव अधिकारी, पत्रकार
०००
ल हामी धेरै उत्साहित छौँ। व्यापक शुभकामना “बहिष्कृत आवाज” को लागि । – पाठक प्रतिमा, कवि
०००
आफुलाई त कविताको किताब आउन पर्यो पुगिगो । हार्दिक शुभकामना । – प्रज्ज्वल अधिकारी, कवि
०००





