संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

३ असोज/नवसाहित्य ।
आफ्नै शब्द र गायनका सुमधुर गीतहरू ‘आकाश खुल्यो सुस्तरी’ र ‘शून्य शून्य लाग्न थाल्यो सहर’ प्रस्तुत गर्नुभएका श्यामकुमार बानियाँको नवीन गीत ‘माया भन्नु’ र शून्य शून्यको भिडियो टिजर सार्वजनिक गरिएको छ ।

बानियाँले लेख्नु भएका केही गीतहरूमध्ये ‘ए जिन्दगी’ मा नवराज पराजुली तथा ‘हिमालमा घाममा झुल्क्यो’ मा राधा ज्ञवालीले स्वर दिनु भएको छ । त्यसो त उहाँकै ‘म्यासेजको घण्टी’ मा विष्णु अधिकारी र ‘तिमी धेरै माया गर्छौ’ मा आनन्द कार्कीको गायकी रहेको छ ।

केही दिनमैँ सार्वजनिक हुन लागेको सङ्गीतकार लाल श्रेष्ठको सङ्गीत रहेको ‘माया भन्नु’ को म्युजिक भिडियोमा अजर फुयाँल, रिया श्रेष्ठ, बेनु शर्मा, रजनी अधिकारी, सङ्गीता श्रेष्ठ, प्रसुभा देवकोटा, रामु गिरी, तथा बालकलाकारको रुपमा कृषा खड्का लगायतको अभिनय रहेको छ भने यसलाई महेन्द्र ‌ओझाले निर्देशन, छायाङ्कन तथा सम्पादन गर्नु भएको हो ।

नवसाहित्यसँगको कुराकानीका क्रममा उहाँको अर्को गीत ‘देखारीमा घाम लुक्दा’ रेकर्डको क्रम रहेको बानियाँले बताउनुभएको छ ।

बच्चु कैलाश, कुमार सानु, मदनकृष्ण श्रेष्ठ, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीका गायन प्रवीणताबाट प्रेरित बानियाँ विद्यार्थी जीवनदेखि नै कविता, गीत लेखन तथा गायनमा सक्रिय रहनुका साथै साहित्यिक पत्रकारिताका अनुभवी हुनुहुन्छ । विगतमा शिक्षण पेशामा आबद्ध उहाँ साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार, हेउनपा पाब्सनका नगर सचिव तथा भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठानका उपाध्यक्ष रहनु भएको छ । उहाँ हाल हेटौँडा-५ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमी सञ्चालन गरिरहनु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन