पाख्रीबास नगरपालिका ४, रमनेमा जन्मनुभएका कवि रोशन परियार ‘रोपनि’ हाल पाख्रीबास नगरपालिका– ४, बिच बजारमा बसेर कविता, गीत, गजललगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँ विभिन्न दुई दर्जनभन्दा धेरै सङ्घसंस्थाहरूबाट पुरस्कृत तथा सम्मानित भएसक्नुभएको छ । उहाँको ‘सियोको दुरबिन’ कविता सङ्ग्रह– २०७३ प्रकाशित छ ।
म शीतको थोपा हुँ जूनको पैतलाले थिच्न सक्छ दबिएँ भन्नुहुँदैन हावाको हतकडीले बाँध्न सक्छ निसास्सिएँ भन्नुहुँदैन घामको ओठले चुम्न सक्छ बिलाएँ भन्नुहुँदैन
धुलोको आँखाले छोप्न सक्छ पुरिएँ भन्नुहुँदैन कसैको पछ्यौरीले थप्पड लगाउन सक्छ लडेँ भन्नुहुँदैन कसैको जुत्ताले लत्याउन सक्छ च्यातिएँ भन्नुहुँदैन
म शीतको थोपा हुँ मैले आफ्नो अस्तित्व बिर्सनुहुँदैन
हुन त कमजोरी कसको हुँदैन र जस्तो कि उज्यालो दिने जून औँसीमा आउन सक्दैन पानी सुकाउने घामले पसिना सुकाउन सक्दैन ।