Homeसमाचारबन्जरालाई ऐतराज केरुङ स्मृति गजल पुरस्कार प्रदान गरिने
बन्जरालाई ऐतराज केरुङ स्मृति गजल पुरस्कार प्रदान गरिने
मकवानपुर । पाँचथर गजल मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यो बर्ष दमक झापा निवासी गजलकार लोकेन्द्र बन्जरालाई प्रदान गरिने भएको छ । एक प्रेस नोट जारी गर्दै पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाले नगद रु आठ हजार आठ सय अठासी नगद राशीको सो पुरस्कार बन्जरालाई प्रखान गर्न लागेको जानकारी दिनुभएको हो । विगत लामो समय यता गजल विधामा कलम चलाउँदै आउनुभएका गजलकार लोकेन्द्र बन्जराका आँखाभरी सपना–२०६२, जैतुन– २०७३ र पलक–२०८० गजल सङ्ग्रहहरू प्रकाशित छन् उक्त ऐतराज केरुङ स्मृति गजल पुरस्कार मोतिजयन्तीको अवसरका पाँचथरको फिदिममा भदौ २८ गते आयोजना हुने शब्द शृङ्खला–१३ मा प्रदान गरिने आयोजकले बताएको छ ।