मकवानपुर । यशस्वी प्रज्ञा प्रतिष्ठानले २०७९ सालमा प्रकाशित विभिन्न विधाका १० पुस्तकलाई “यशस्वी पुस्तक अवार्ड प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उहाँका अनुसार यशस्वी प्रज्ञा प्रतिष्ठानलाई प्राप्त पुस्तकहरुमध्येबाट निर्णायक समितिको सिफारिसअनुसार उक्त निर्णय गरिएको जनाइएको हो ।
विज्ञप्तिअनुसार नेपाली भाषाका आख्यानहरूमध्येबाट विवेक ओझाको “ऐंठन”, गैरआख्यानहरूमध्येबाट डा. नवराज केसीको “शून्यको मूल्य”, कथाहरूमध्येबाट रेणुका जिसीको “सनेस”, कविताहरूमध्येबाट डा. महेन्द्रकुमार मल्लको “भाषाको बकपत्र”, जीवनीहरुमध्येबाट गोविन्द गिरी प्रेरणाको “सुश्री पारिजात”, बालसाहित्यहरूमध्येबाट अनुराधाको “छमछमको छमछमी”, अनुवादहरूमध्येबाट रिमा केसीको “अमृता प्रितमका छानिएका कविताहरू”, खाद्य तथा औषधीहरूमध्येबाट नारायण घिमिरेको “रैथाने चाडबाड र खानपान” रहेका छन्
त्यसैगरी अङ्ग्रेजी भाषाको पुस्तकहरूमध्येबाट संस्मरण लाक्पा डेण्डी शेर्पाको “हिमालयन मेवरिक” र सुशान्त थापाको कविता सङ्ग्रह “मिनट्स अफ मेरिट” रहेका छन् ।
आगामी भदौ १५ गते शुक्रबार यी अवार्डहरूलाई कलिङ्ग साहित्य महोत्सवका अवसरमा समर्पण गरिने आयोजकले जनाएको छ ।
