लघुकथा चौतारीद्वारा वाचन कार्यक्रम

भाद्र ५, मकवानपुर ।
लघुकथा दिवसको सन्दर्भमा लघुकथा चौतारी मकवानपुरले भाद्र ५ गते चिल्ड्रेनपार्क, हेटौँडास्थित नेपाल जर्नी लाइब्रेरीमा लघुकथा वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
चौतारीका संयोजक किशन पौडेलको सभाध्यक्षमा भएको लघुकथा सुन्ने सुनाउने अभियानको चौथो शृङ्खलाको कार्यक्रममा प्रमुख अतिथि माधव पोखरेल र विशिष्ट अतिथि झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष तथा नियात्राकार रमेशमोहन अधिकारी हुनुहुन्थ्यो ।
कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, चिल्ड्रेनपार्क टोल विकास समितिका अध्यक्ष एवम् मुक्तककार गणेशकुमार श्रेष्ठ, महाकाव्यकार मुना धिताल, लघुकथाकार अनन्तराज उपाध्याय, साहित्यकार राम कुमार बिस्ट ‘बिस्ट अङ्कल’, राजनीतिकर्मी बद्री लम्साल, नाटक एवम् लघुकथा सर्जक समीर पाख्रिन, मुक्तक सर्जक सुवास सजल, मिथिला अधिकारी, भोला फुयाँललगायत सृजनशील बाल समूहका सदस्यहरूको उपस्थिति रहेको थियो ।


उपस्थित सबैले लघुकथा र अन्य रचनाहरू वाचन गर्नुभएको थियो । गणेशकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा साहित्य सर्जकहरू रमेश मोहन अधिकारी र किशन पौडेलले लघुकथाको बारेमा प्रकाश पार्नुभएको थियो ।
चौतारीका सचिव श्यामप्रसाद श्रेष्ठले गर्नु भएको थियो ।
चौतारीका उपाध्यक्ष बिष्णु प्रसाद गौतमले धन्यवाद ज्ञापन मन्तव्य राख्नु भएको सो कार्यक्रम सचिव श्यामप्रसाद श्रेष्ठले सहजीकरण गर्नु भएको हो ।

(मकवानपुरबाट किशन पौडेलको सहयोगमा)