एक हातमा रित्तो थाल लिएर बस्छ !
दु:ख अर्को हातमा रुमाल लिएर बस्छ !
खै कसले थापेको ढडियामा पर्याे माछा,
ऊ अझै किनारामा जाल लिएर बस्छ !
तिमीलाई रानी बनाउँछु भन्ने मान्छे,
अचेल मेरै सटरमा त्रिपाल लिएर बस्छ !
यतिकै कहाँ बस्छ र शंकालु प्रेमी,
पत्रकारले जस्तो सवाल लिएर बस्छ !
अर्कै रैछ तिम्रो दिलमा शङ्कै छैन ।
म परेछु तपसिलमा शङ्कै छैन ।।
एकचोटि मुस्कुराइ यादगर तिमी ।
आउछु म हर मुस्किलमा शङ्कै छैन ।।
अँध्यारो भो उडिगए पुतली न हुन् ।
फेरी आउँछन् झिलमिलमा शङ्कै छैन ।।
यहि अदामा अन्दाजमा बोलीराख ।
आगो लाग्छ महफिलमा शङ्कै छैन ।।
