मकवानपुर । कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एवम् चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीको ‘को हो त्यो मान्छे ? ‘ कविता सङ्ग्रह विमोचित हुने भएको छ । पेज कर्नरले प्रकाशित गर्ने यो पुस्तकलाई भदौ ९ गते प्रज्ञाप्रतिष्ठान, काठमाडौँमा विमोचित गर्न थालिएको हो ।

क्षेत्रीले झण्डै एक दशकपछि छैटौं कृतिको रुपमा यो कवितासङ्ग्रह विमोचन गर्न लागेका हुन् ।

अंग्रेजी र नेपाली भाषामा कलम चलाउने क्षेत्रीको वि.सं. २०६४ सालमा पहिलो कृति ‘त्रिशंकुको देशमा’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । त्यसपछि उनको ‘भीडमा हराएको मान्छे–२०७१’ कवितासङ्ग्रह, ‘ईन्द्रमायाको देशमा–२०७१’ कथासङ्ग्रह, ‘व्रतभङ्ग–२०७५’ कथासङ्ग्रह, कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस–२०७८’ प्रकाशित भइसकेका छन् ।

“उनका पाठकहरू उनको यही सीमाहीन र खुलस्थ लेखनशैलीलाई ‘एल.बी. स्टाइल’ भन्ने गर्छन् । ‘भीडमा हराएको मान्छे ‘ पछि उनको दोस्रो कविता–सङ्ग्रह ‘को हो त्यो मान्छे ?’ उनको यसै निजी स्टाइलको अर्को सुन्दर द्योतक हो ।” प्रकाशक पेज टर्नरले लेखेको छ ।

कविडाँडा साहित्य समाज संग सम्वन्धित केहि भिडियोहरु