सबैलाई हसाउँने मान्छे म
आजभोलि आफूले रमाउन र हाँस्न नै
भुलेको हुँ कि झैँ लाग्छ ।
थाहा छैन के भएको छ मलाई
सपना थियो संसार घुम्ने
तर बन्द अँध्यारो कोठाभित्र आफूलाई
थुन्ने गरेकी छु ।
पहिले सबैको प्यारो हुन मन लाग्थ्यो
आजभोलि सबैदेखि टाढिँदै गएकी छु
भिडभाड होइन एकान्त मन पर्न थालेको छ ।
कसैको साथमा होइन,
एक्लै हिँड्ने बानी लागेको छ ।
न कसैप्रति गुनासो छ,
न त कसैप्रति आरोप नै छ,
बुझ्न थालेकी छु
एक्लोपनाकै जिन्दगी पो
रमाइलो हुँदो रहेछ ।
सबैकुरा सुनाइरहनु पनि व्यर्थ रहेछ
कतिपय सम्बन्ध देखाइरहनु पनि व्यर्थ रहेछ
बुझ्न थालेकी छु
मौनताको भाषामा झनै मिठास पो हुँदो रहेछ ।
(जनप्रिय मा. वि., हेटौँडा- १६, कक्षा ८)
