मकवानपुर । मकवानपुरका अग्रज स्रष्टा तुल्सी थापाको ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँको चितवनको पुरानो मेडिकल कलेज (सिएमएस)मा उपचारत अवस्थामा निधन भएको हो ।
थापा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । कथा, कविता तथा नाटकमा कलम चलाउनुहुने साहित्यकार थापा ‘दाना कविता’ का प्रणेता हुनुहुन्छ । उहाँ भाषा, साहित्य, शिक्षा र सामाजिक सद्भावमा निरन्तर लागिरहेका अग्रज स्रष्टा हुनुहुन्थ्यो । उहाँका ‘एक निमेष अनन्तको’– २०५८ मसिना कविताहरू, अमरसिंहको खोजीमा अमरसिंह नाटक– २०६१ नाटक, फरक आकाश– २०७२ कथा सङ्ग्रहलगायत प्रकाशित छन् । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्‌मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ । उहाँको अन्तिम संस्कार भोलि मिति २०८० भाद्र ९ गते बिहान ९ः०० बजे देवघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ । नवसाहित्य डटकम उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

तुल्सी थापासँग सम्बन्धित केही भिडियोहरू