मातृभूमिको साहित्य समाज आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा यो वर्षभरि रजत जयन्ती वर्ष मनाउने भएको छ । असोज ६ गते संस्थाको स्थापना भएको दिन एक भव्य कार्यक्रम गरी सोको शुभारम्भ गर्ने निर्णय गरिएको संस्थाले आज प्रेस विज्ञप्ति जारि गरेर जानकारी गराएको हो । संस्थाको आफ्नै अक्षयकोषबाट नेपाल र नेपालीलाई चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति एवम् संघ संस्था लाई प्रत्येक २ (दुई) वर्षमा प्रदान गरिने नगद रु. २५००१ सहितको “मातृभूमि राष्ट्रिय सम्मान २०८०” वरिष्ठ संस्कृतिविद् पूर्व उपकुलपति प्रा.डा.जगमान गुरुङ्गलाई समर्पण गर्ने निर्णय गरिएको छ । समाजका कार्य समिति सदस्य किशन पौडेलद्वारा स्थापित नगद रु.१११११ सहितको मातृभूमि लघुकथारत्न सम्मान २०७९ वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेद्वारा लिखित पुस्तक लघुकथालय लाई समर्पण गर्ने निर्णय गरिएको छ । भने उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोस्रा महाकाव्य “महाकाश” को पनि विमोचन गरिने छ । कार्यक्रम २०८० असोज ०६ गते शनिवार पल्पसा प्याराडाईज होम प्रा. लि. हेटौडा २ मा दिनको १:३० बजे हुनेछ ।