एउटा युग सक्कियको सन्तापले
हिजो देखिनै रोइनै रहेको छ आकाश
स्मृतिको सम्झना बर्षाइरहेको छ झरि
अन्तिम पटक भेटेरै बिदाइका लागि
छट्पटाहट बोकेर
पुगेका छन एक हुल मनहरु
देवघाट धमिलो ओसारी रहेको छ
निरन्तर
काठका मुढाहरु अन्तिम पटक
जल्नैका लागि लाइन लागेर बसेका छन ।

श्वास झिकेर राखियको छ
एक युगलाइ प्रतिक्षालयमा
सम्मानको आत्मियताले बेरियको छ एक इतिहासलाइ
राता अबिर फुल माला
झुकेको सिर
सम्झनामा बगेको अश्रुधारा
यी जम्मै देखेरपनी नबोली शान्त चिर सुतिरहनु भयको छ
एक शालिन ब्यक्तित्व
सहपाटी, आफन्त, भाइ, भतिजा, चेलाहरु
जम्मैको गाइगुइ सुनेर पनि केही बोल्नु भयको छैन
प्रतिध्वनिमा
उठ्नुसन उठ्नुसन भनिरहेका छन आफन्तहरु
बगाइरहेका छन आशुका भेल
खोलिरहेका छन सम्झनाका फ्ल्यासब्याकहरु
वहाले नसुन्ने कसम खानु भयको छ
अह पटकै सुन्नु भयकै छैन ।
यो चिच्याहटको भिडबाट
एक्कासी एकोहोरो शन्ख बोलेको छ ।
अब कोहि बोलेर कसैले सुन्ने छैन
शिबाय आगो ।
वहाँ काधमा चढेर निस्किनु भयको छ
अनन्त यात्रामा
हामी प्रष्ट देखिरहेछौ
बगरको आगोले माथी माथी अग्लियर
वहालाइ आफैतिर बोलाइरहेको छ
आश्चर्य
यो भने कत्ती चाडो वहाले सुन्नुभयको छ ।
मलाइ त्यतै लैजाउ भनिरहनु भयको छ
हावाको लयमा ।
रितिरिवाज विधि बिधान परम्परा
जम्मैको सम्मिलन पछि
समय टक्क अडियको छ मौन धारणका लागि
समयको चलायमानता सङै
वहालाइ
अनन्त यात्राको लागि आगोको यानमा बसाइयको छ ।
वहाँ बिस्तारै धुवाको डोरि चढेर
माथी माथी लाग्नु भयको छ
हाम्रो आखाको ज्योतिले भेट्टाय सम्म
लखेटी रहेका छौ धुवाको राज्यको सिरान सम्म
अब बिस्तारै बिस्तारै वहाँ
बादलको पहाड सङ ठोक्कियर
बादल जस्तै बनेर बिलाइरहनु भयको छ ।
सम्झनाले छाती झन झन बटारिरहेको छ
आँखा रसाइनै रहेका छन सम्मानले
खरानी मात्रै छोडेर
हावाको बुइ चढेर
एकैछिनमा वहाँ कता हराउनु भयो कता
अब स्मृतिको सङ्ग्रहालयमा मात्रै भेटिनुहुनेछ भन्ने
सत्यता ठम्म्याइसकेपछी
वहालाइ त्यतै कतै छोडेर हावाको आलिङनमा
अन्तिम बिदाइका हात हल्लाउदै
भारी मन बोकेर
प्रकृतिको नियममा बाधियर निस्कियका छौ ।
उहीँ वहालाइ सधै माया गर्ने एकहुल
श्वास नझिकेका शरिरहरु ।

बैकुन्ठ लामिछाने, हेटौडा-५, सिंचाइ टोल (थापा सरको सम्झनामा)