Homeलघुकथालघुकथा: बाहुन निराश भए पनि गरिब र खुशी थिए / गणेशकुमार पौडेल
लघुकथा: बाहुन निराश भए पनि गरिब र खुशी थिए / गणेशकुमार पौडेल
रुपचन्द्र राजनीतिज्ञ मात्र थिएनन दार्शनिक पनि थिए । उनी धर्मकर्ममा विश्वास गर्दैनथे । आमा स्वर्ग हुँदा रुपचन्द्र घरमा थिएनन् । आमाको काजक्रिया गरिसकेपछि उनी घर आए र बुवालाई सोधे- आमाको काममा के के दान गरियो ? बुवाले जवाफ दिए- खाट, डस्ना, सिरक, तन्ना, छाता, जुता, एकसरो पुरोहितलाई लाउने लुगा र भाडाकुँडाहरु । त्यो सुनेपछि रुपचन्द्र बाहुनको घरमा गएर बाहुनलाई भने- गुरू मलाई आमाले सपनामा भन्नुभयो आमाको नाममा दान गरेको सामान अझसम्म आमाले पाउँनु भएको रैनछ तपाइले तुरुन्त पुर्यादिनु पर्यो, कि त फिर्ता गर्नु पर्यो । बाहुनले भने- यो सामान म स्वर्गमा पुयाउन सक्दिन फिर्ता लैजाऊ । सामान फिर्ता लिएर उनले गरीबलाई बाँडिदिए ।