बाबु, यति हुन्छ स्वाट्ट पार त ।
हत्तेरी हजुरमुमा ! अहिले डिस्टर्व नगर्नुस् न । आज हामी स्कुलबाट जाने हो । त्यसैले, छिट्टै स्कुल बस लिन आउँछ । मलाई ढिलो भइसक्यो ।
नकुल र उसकी हजुरमुमाको बिहान सधैँ जस्तो यस्तै प्रकारको कुरा हुन्छ । नकुललाई स्कूल जान हतार हुन्छ, हजुरमुमालाई चाहिँ उसलाई खुवाउने हतार ।
“मेरो नातीले राम्रोसित खायौ भने पो बलियो हुन्छ, राम्रोसित पढ्न सक्छ । हजुरमुमाले भन्नुभयो । कति दुख देको हजुरमुमालाई ? एक गिलास त हो नि ।” नकुलको आमाले रिसाउँदै भन्नुभयो ।
“ओहो यो हजुरमुमा पनि ” भन्दै नकुलले गिलास लिएर दुध पियो । हजुरआमा छेउमा उभिएर उसलाई हेर्दै मुस्कुराउनुभयो । स्याबास ! भन्दै रित्तिएको गिलास लिएर जानुभयो ।
नकुलले जुत्ता लगाउँदै गर्दा हजुरमुमा हातमा बुन्दै गरेको स्वीटर लिएर आउनुभयो र भन्नुभयो, “खोई त यो स्वीटर नापुम । जाडो महिना आउन लाग्यो । तिमिलाई मैले स्वीटर बुन्दै छु ।”
“ह्या हजुरमुमा पनि । कहाँ अहिले स्वीटर नाप्ने ? बस आइसक्यो होला, म गएँ । चाहिन्न मलाई स्वीटर” भन्दै स्कुल ब्याग बोकेर घर बाहिर निस्क्यो ।
स्कुल पुगेर नकुल आफ्नो साथी मिलनसित भ्रमणबारे कुरा गर्न लाग्यो । “आज हामी कहाँ जान्छौँ होला है !” नकुलले भन्यो । “चन्द्रागिरी हो की केबल कार चढ्न रमाइलो हुने भयो ।” मिलनले भन्यो । त्यतिबेला कक्षामा मिस आउनुभयो र भन्नुभयो, हरेक महिना जस्तै आज पनि हामी शौक्षिक भ्रमणमा जादैछौँ । भ्रमणमा देखेका, सुनेका कुराहरू बारे भोली निबन्ध लेखेर ल्याउनुपर्छ । त्यसैले आफ्नो कापी, कलम लिन नबिर्सनु । हामी आज “मायाको घर” नामको बृद्ध आश्रम जादैछौँ । त्यहाँ बुढा बुढी मान्छेहरू बस्नु हुन्छ । “बुढा बुढी मान्छेहरू बस्ने हुदा छुट्टै ठाउँ हुन्छ र ?” नकुलले छक्क पर्दै मिलनलाई सोध्यो । मिलन केही नबोली बस्यो ।
मलाई धेरै माया गर्छिन् । चकलेट पनि बाँडेर खन्थिन् । एक दिन छोराले यो ठाउँबारे भन्यो । हुन पनि उनीहरू काममा जान्थे, नातिनी पनि स्कुल जान्थी । म घरमा एक्लै बस्नु पर्छ भनेर उनीहरूले मलाई यहाँ ल्याए । म जस्तै यहाँ धेरै छन् । हामी साथी छौं । यहाँ आएको एक वर्ष हुन लाग्यो । अब त बानी पर्न लागिसक्यो । मेरो छोरा बुहारी र नातिनी पनि बेला बेला भेट्न आउँछन् । हजुरबुवाले आँखाभरी आँशु पारेर भनुभयो ।
अचानक, मिलन रुन लाग्यो ।
“मलाई मेरो हजुरवुवाको सम्झना आयो । वहाँ पनि हामीसित बस्नु हुन्थ्यो । मलाई कति माया गर्नहुन्थ्यो । उहाँले कुराहरू नबुझ्दा कहिलेकाहीँ मलाई रीस उठ्थ्यो । राम्रोसित काम नसुन्दा पनि मलाई रीस उठ्थ्यो । एक दिन मेरो आमा बुबाले पनि उहाँलाई एउटा बृद्ध आश्रम लगेर राख्नुभयो । त्यसपछि मैले उहाँलाई भेट्न पाएको छैन । मैले उहालाई सरी भन्न मन छ । मैले उहाँलाई माया गर्छु भन्न मन छ ।”
मिलनले रुँदै भन्यो । नकुल छक्क पर्यो ।
“नरोउ बाबु ! तिम्रो गल्ति होइन । हामी बुढा बुढीको बानी नै अलि झर्को लाग्ने खालको हुन्छ । तिमीलाई पनि त्यस्तै लागेको हो । तिमीले आपनो आमा बुवालाई भन । मलाई विश्वास छ । उहाँहरूले तिमिलाई तिम्रो हजुरबुवा सित भेट्न लैजानु हुन्छ भनेर ।”
हजुरबुबाको कुरा सुनेर नकुलले आफ्नो हजुरआमालाई सम्झियो ।
“अहो ! म पनि हजुरमुमासित कति रिसाउँछु । उहाँ चाहिँ मलाई सँधै माया मात्रै गर्नुहुन्छ । हाम्रो घरमा हामी सबै सँगै छौँ । म त कति भाग्यमानी यो रहेछु ।” उसले सोच्यो । नकुल र मिलनले हजुरबुवाबाट “मायाको घर” बारे धेरै जानकारी लिए । केहि बेरपछि सबैजना भेला भए । मिलेर खाजा खाए, नाचे र गाए । त्यसपछि बिदा हुने बेला आयो । केहि हजुरबुवा आमाहरू रुनुभयो । नकुल र उसका साथीहरूलाई पनि नरमाइलो लाग्यो ।
स्कूल छुट्टि भएपछि नकुल घर फर्कियो । गेटबाटै । “हजुरमुमा !” भन्दै दौडेर गयो । सधैँ झैँ हजुरमुमा ढोकामा नकुललाई पर्खेर बस्नुभएको थियो ।
मैले तिमीलाई मन पर्ने खीर बनाएको छु बाबु उहाँले नकुललाई अंगालो मार्दै भन्नुभयो । “खीर पनि खाउँला नि मुमा । पहिला त्यो हजुरले बुनेको स्वीटर नापम त । मलाई मन पर्ने रङको हुनुपर्छ है ?” नकुलले भन्यो । हजुरआमा र नकुल गफ गर्दै घरभित्र गए ।
माया ठकुरी, काठमाडौँ
