पाँचथर–मोती जयन्तीको अवसर पारेर वितरण गरिने स्वर्गीय ऐतराज केरुङ गजल पुरस्कारबाट झापाका स्रष्टा लोकेन्द्र बन्जरा पुरस्कृत भएका छन । पाँचथर–गजल मञ्च मार्फत वितरण हुदै आएको उक्त पुरस्कार विहिवार पाँचथरको फिदिममा आयोजित मोती जयन्तीको अवसरमा आयोजित समारोहमा वितरण गरिएको हो ।
कार्यक्रमका प्रमूख अतिथि डाक्टर रमेश शुभेच्छुक, पाँचथर गजल मञ्चका सस्थापक, मधुराज केरुङ र अध्यक्ष सन्देश शुव्वा लगायतले बन्जारालाई दोसल्ला र कदर पत्र सहित पुरस्कृत गरे । पुरस्कार राशी ८ हजार ८ सय ८८ रुपैंयाको छ । बन्जाराका आँखाभरी सपना, जैतुन र पलक नामक गजल संग्रह प्रकाशित छन ।
पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ र उनका दाजु सागर केरुङले स्वर्गीय पिताका नाममा उक्त गजल पुरस्कार स्थापना गरेका हुन । पुरस्कार ७ वर्ष अघिदेखि वितरण गरिँदै आएको छ । सोहि समारोहमा अधिकारी बिमलाका गजलहरु नामक पुस्तक विमोचन सँगै एनवि अञ्जानको मौसम गजल संग्रहको चर्चा पनि गरियो । कार्यक्रममा २० जना अधिक स्रष्टाले गजल बाचन गरेका थिए ।