भाद्र २९, मकवानपुर ।
विद्यार्थीहरूको आन्तरिक क्षमता अभिवृद्धि र जीवनोपयोगी सीप सिकाउने उद्देश्यले बालजागृति इङ्गलिस सेकेण्डरी स्कुलमा साताको हरेक शुक्रबार पढाइका अलावा विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गरेको छ ।
स्कुलले प्रत्येक शुक्रबारीय दिनहरूलाई ‘Bookless Day’ अर्थात् पुस्तकविहिन दिवसका रूपमा मनाउँदै आइरहेको छ शिक्षक रजनी पौडेलले बताउनु भयो ।
त्यसै सन्दर्भ पारेर शुक्रबार भाद्र २९ गते बालदिवसको अवसरमा विद्यालयले तहगत रूपमा विद्यार्थीहरूको उच्च एवम् सक्रिय सहभागितामा विविध क्रियाकलापमार्फत् प्रतियोगितात्मक प्रतिस्पर्धा गरी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
कक्षा १ देखि ३ सम्म तातो आलु, म्युजिकल चेयर र दिवस विशेष व्याच निर्माणका कामहरू भए भने कक्षा ४ देखि १० सम्म नेपाली विषयको बौद्धिक परीक्षण प्रतियोगिता सम्पन्न भयो । गणित विषयअन्तर्गत Math Spelling Contest, अंग्रेजी विषयअन्तर्गत मेमोरी परीक्षणका प्रतिस्पर्धाहरू भए ।
जीवनोपयोगी सीपअन्तर्गत बत्ती कात्ने, दुना-टपरी बनाउने, चित्र बनाउने, गायनकला, नृत्यकलालगायतका अतिरिक्त एवम् अपरिहार्य सीप प्रशिक्षणका क्रियाकलापहरू सम्पन्न गरिएको प्रधानाध्यापक विनोद सुवेदीले बताउनु भयो ।
कार्यक्रममा विभिन्न प्रतियोगिताहरूमा दिप्सन गौतम, सुवाङ्गी पौडेल, आकाङ्क्षा अधिकारी, काव्या गजुरेल, आरभ श्रेष्ठ, शिवम् आचार्यलगायतका विद्यार्थीहरू विजयी हुनु भएको छ ।
