Homeसमाचारकविता प्रतियोगितामा लामिछाने, चौलागाईँ र लौडारी विजयी
कविता प्रतियोगितामा लामिछाने, चौलागाईँ र लौडारी विजयी
भाद्र ३०, मकवानपुर । ‘आजको सन्दर्भमा मदन भण्डारीको विचार’ विषयक खुला कविता प्रतियोगितामा ३ कविता पुरस्कृत भएका छन् ।
कूल ३२ मध्ये उत्कृष्ट १० कविता छनौटपश्चात् वाचन समेतलाई आधार मानेर ती कविता पुरस्कृत भएका हुन् । कविहरू बैकुण्ठ लामिछाने, रोशनी चौलागाईँ र कृश्मा लौडारीले प्रमाणपत्रसाथ जनही नगद रू ६ हजार पुरस्कार राशी प्राप्त गर्नुभयो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ मकवानपुरले व्यवस्थापन गरेको कार्यक्रममा मदन भण्डारी फाउन्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मूख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्यहरू केदार न्यौपाने र रामेश्वर राना तथा मदन भण्डारी फाउन्डेशन नेपालका सचिव सन्तोष रावल विशिष्ट अतिथि रहनु भएको थियो ।