भाद्र ३०, मकवानपुर ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ मकवानपुरले साहित्य सङ्गम मकवानपुर परिवारलाई सम्मान गरेको छ ।
मदन भण्डारी फाउन्डेशन मकवानपुरको कविता प्रतियोगिता कार्यक्रमको अवसरमा टिका तथा खादाका साथ सम्मान गर्दै फाउन्डेशनका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नवनिर्वाचित समूहलाई बधाई ज्ञापन गर्नुभयो ।
सङ्गमको अध्यक्षमा डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, सचिव मनोज पोखरेल, कोषाध्यक्ष मेनु तिमल्सिना, सहसचिव भवानी तिमल्सिना र सदस्यहरू रजनी पौडेल, कुबेर पराजुली, कृतिका लौडारी, स्वस्तिका बानिया हुनुहुन्छ । भाद्र २८ मा मनोनित ५ सल्लाहकारहरूमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, आरसी रिजाल, निमेष निखिल, श्यामकुमार बानियाँ र सुवास खनाल तथा २ सदस्यहरू संजीत श्रेष्ठ र संप्रस पौडेल हुनुहुन्छ ।
कार्यक्रममा पूर्व मूख्यमन्त्री डोरमणि पौडेल, राजनीतिक व्यक्तित्वहरू, साहित्यक सर्जकहरूका साथै विविध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
