भदौ ३१ मकवानपुर, शनिबार नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभाग मकवानपुरद्वारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरकी महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक प्रतिमा गौतमको अध्यक्षता रहेकाे कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ‘सांस्कृतिक पर्व तीजमा बढ्दाे विकृति’ विषयमा विमर्श भएकाे कार्यक्रममा म्युजिकल चियर, सामुहिक हाजिरी जवाफ प्रतियोगिताका साथै सामुहिक नृत्य समेत प्रस्तुत भएको थियाे ।
नेपाल राष्ट्रिय शिक्षक संगठन निवर्तमान केन्द्रिय सदस्य पद्मा पाैडेलकाे विशेष आतिथ्यमा भएकाे कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य सुनिल गाैतम, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दाहाल, पेसागत महासंघका केन्द्रीय सदस्य माया पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका सल्लाहकार अकुर गौतम , शिक्षक महासंघ मकवानपुरका उपाध्यक्ष लक्ष्मी चाैलागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर उपाध्यक्ष कृष्ण पाैडेल, सचिब मुकुन्द न्याैपानेकाे आतिथ्यमा सम्पन्न भएको थियाे ।
बकैया गाउँपालिकाकी पहिलाे उपाध्यक्ष सरला बोलखे तथा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले सांस्कृतिक पर्व तीजमा बढ्दो विकृति बिषय माथि आफ्नो बिचार राख्नुभएको थियो । विचार राख्दै बोलखेले -‘तीज मनाउनु नै गलत नभई भड्किलो र खर्चिलो बनाउनु गलत रहेको’ धारणाा राख्नुभयो भने पाठकले -‘हामी वैचारिक विमर्श गर्छौँ छलफल गर्छौँ तर त्यसलाई छाडेर सामाजिक सञ्जालमा खाएको र नयाँ साडिमा नाचेको कुराको प्रचार गर्छौँ , यसले नकारात्मकता थपेको’ विचार राख्नुभयो ।
महिला विभाग सचिव चन्द्रा देवी लामा बलले सञ्चालन गर्नुभएको कार्यक्रमकाे स्वागत मन्तव्य नेपाल राष्ट्रिय शिक्षक संगठनकी कोषाध्यक्ष भावना सापकोटाले राख्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगिताको लागि प्रश्न सोध्ने कार्य नेपाल राष्ट्रिय शिक्षक संगठन सहकाेषाध्यक्ष सबिता लामिछानेले गर्नुभएको थियो । प्रश्नका सही उत्तर मिलाई शिक्षकहरू नम्रता बिँडारी पोखरेल , सावित्री अधिकारी , राधिका सापकोटा , शालिकराम घिमिरे, सुनिता घिमिरे, गोपिरमण प्याकुरेल विजेता हुनुभएको थियो । यसैगरी कार्यक्रममा भएको म्युजिकल चेयर प्रतियोगितामा राधा गौतम, विष्णुमाया नगरकोटी र शारदा दुलाल क्रमश : प्रथम , द्वितीय र तृतीय हुनुभएको थियो ।
