Homeसमाचार१ लाख पुरस्कार राशीको कविता प्रतियोगिता हुँदै
१ लाख पुरस्कार राशीको कविता प्रतियोगिता हुँदै
प्रदेश युवा परिषद बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा कविता प्रतियोगिता हुने भएको छ । ४० वर्ष उमेर पार नगरेका युवा कविहरूले मात्र सहभागिता जनाउन सक्ने खुला कविता प्रतियोगितामा विषय समेत खुला रहेको छ । कविताका साथ उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण (बायोडाटा) आश्विन २२ गतेभित्र प्राप्त भइसक्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
प्राप्त कवितामध्ये उत्कृष्ट २० छनौट गरी अन्तिम प्रतियोगितामा सामेल गराइने र सोका लागि कवि स्वयम् उपस्थित हुनुपर्ने साजित्य सङ्गमका सचिव मनोज पोखरेलले बताउनुभयो । कविता बढीमा १५० शब्दसम्मको, अन्यत्र (पत्रपत्रिका तथा सामाजिक सञ्जालमा) अप्रकाशित तथा मौलिक हुनुपर्ने सूचनामा जनाइएको छ । प्रथम पुरस्कार ४० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार र सान्त्वना १० हजार राशी रहेको अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो ।
कविता manojpokhrel150gmail.com, nimeshnikhil@gmail.com र pycbagamati@gmsil.com मध्ये कुनै इमेलमा पठाउन सकिनेछ । कविता प्रिती फन्टमा टाइप गरी पठाउनुपर्ने छ ।