आश्विन १३, मकवानपुर ।
साहित्य सङ्गम मकवानपुरले ९ स्रष्टालाई सम्मान गरेको छ ।
२०७९ सालमा पुस्तक प्रकाशन गरेका मकवानपुरका स्रष्टाहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।
पूर्व अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यता, सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र मुक्तककार हरिकृष्ण काफ्लेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नुभएको कार्यक्रम थियो ।
१६औँ अधिवेशनबाट निर्वाचित समिति मार्फत् आयोजना गरिएको पहिलो कार्यक्रममा ९ जनामध्ये ६ जना साहित्य सर्जकहरूलाई सम्मान गरिएको थियो भने ३ जनाचाहीँ अनुपस्थित रहनुभयो ।
सम्मानित सर्जकहरू ‘कोरिएका धर्साहरू’ कविता सङ्ग्रहका ऋत्विक केबी, ‘अभियुक्त समय’ कविता सङ्ग्रहका समर्पण न्यौपाने, ‘खुशी’ लघुकथाका किशन पौडेल, ‘तिलगंगा गोविन्द’ कविता सङ्ग्रहका सुभाषचन्द्र पौडेल भीमफेदिया, ‘कठघरामा देश’ र ‘मकवानपुरका काव्य : अवलोकन र अध्ययन’ का बिर्खे अन्जान, ‘शिक्षकको भाषा’ का छवि अनित्यले आ-आफ्ना विचार तथा रचना वाचन गर्नुभयो । हालसम्म अन्जानका ५ कृति र अनित्यका ३ कृति प्रकाशनमा आएका छन् ।
कार्यक्रममा सुबास सजल, रिजन राना, बैकुन्ठ लामिछाने, सर्जु भण्डारी, कमल नेपाल, विष्णु न्यौपाने, ऋषि केबी, पूण्यशिला श्रेष्ठ, दीपिका लम्साल, विजनेस सञ्जेल, प्रकृति अर्याल, अनुसुया खनाल, दिनेश शर्मा, ठाकुरराम भण्डारी, जनार्दन खनाल, ओमभक्त भण्डारी, सानुभाइ विश्वकर्मा, कुबेर पराजुली, रजनी पौडेल, स्वस्तिका बानियाँ, संप्रस पौडेललगायतले रचना वाचन गर्नुभयो ।
साहित्य सङ्गमका सल्लाहकार सुवास खनालले सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्दै सर्जकहरू निमेष निखिल र बिर्खे अन्जानले सुरू गर्नुभएको मकवानपुरको साहित्य लेखनको इतिहासका साथसाथै मकवानपुरका ऐतिहासिक, धार्मिकस्थलहरूबारे अभिलेखिकरणका लागि सुझाव दिनुभयो ।
अर्का सल्लाहकार श्यामकार बानियाँले आर्थिक व्यवस्थापन, नवसर्जकका लागि स्थान दिँदै साहित्य सिर्जना र लेखनमा जोड दिन आग्रह गर्दै वाचित रचनाहरूलाई नवसाहित्य डट कममा प्रकाशनका लागि अनुरोध गर्नुभयो ।
वाचित ३३ कविताहरूमध्ये केही रचनाहरूका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य तथा कार्यक्रममा वाचित रचनाका समीक्षक शान्ति प्रियवन्दनाले १९औँ शताब्दीदेखि नेपाली कविताको सुरूवात भएको, सुरूवातीमा पृथ्वीनारायण शाह समयदेखि वीरधारा हुँदै भक्तिधाराबाट सुवानन्द दास, शक्तिबल्लवहरूको समयदेखि हालसम्म आउँदा सामाजिक, राजनीतिक, जातीय विभेद, लैङ्गिक विभेदका विषयहरू समावेश हुने गरेको बताउनुभयो । उहाँले थोरै शब्दमा धेरै विषयवस्तु समेट्नुपर्ने हुँदा विषयवस्तु चयनमा ख्याल गरी सम्बन्धित विषयको अध्ययन गर्दै अपाच्य भाषा र शब्दको थुप्रोलाई हटाउँदै सरल शब्दमा कविता लेख्नुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि हरिकृष्ण काफ्लेले आफ्ना साहित्यिक विचारका साथ केही मुक्तकहरू सुनाउनुभयो । यस्तै साहित्य सङ्गम मकवानपुरको संस्थापक, तीन कार्यकालको अध्यक्ष तथा आज कार्यक्रमका प्रमुख अतिथि नवराज शर्माले नयाँ पुस्ताका सर्जकहरूको कार्य सराहनीय, अनुकरणीय र प्रशंसनीय रहेको तथा नवपुस्ताले सिक्नेखालका गतिविधिहरू सञ्चालनका लागि सल्लाह दिनुभयो ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका मनोनित सदस्यहरू सञ्जीत श्रेष्ठ र संप्रस पौडेललाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टालाई बधाई दिँदै २०८० सालभित्र ५ लाखको अक्षयकोष निर्माणको लक्ष्य रहेको र कोठाभित्रकेन्द्रित कार्यक्रमलाई विभिन्न स्थानहरूमा लिएर जाने र विविध साहित्यिक गतिविधिहरूसाथ सक्रिय रहने बताउनु भयो ।
एनएस टेलिभिजनले छायाङ्कन गरेको कार्यक्रममा साहित्य सर्जक तथा अनुरागीहरू मुक्तीगोविन्द वैद्य, शम्भुजीत बास्कोटा, उमा मैनाली, स्वस्तिका दाहाल, देव दुलाल, राजकुमार लामिछाने, मीनप्रसाद लामिछाने, विनोद सुवेदी, भावना सापकोटालगायतको उपस्थिति रहेको थियो ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई संगमका सचिव मनोज पोखरेलले सञ्चालन गर्नुभएको हो ।
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
