Home कविता कविता: विकास कविता: विकास विकासदशकौँपछितिलस्मी सपना बोकेरबुल डोजर लिएरगाउँ पस्योर,ढालिदियोहजुरबुबाले आस्थाले रोपेकोबाटो छेउको वरपिपलको चौतारी ।पुरिदियोबाजे, बराजुहरूको पसिनाको बुँदले भरिएकोकाकाकुल गाउँको साझा इनार ।भत्काइदियोएउटा बलियो विश्वासकोजगमा उभिएकोपुस्तैनी किलोबाटो छेउको बाटुले घर ।उखेलिदियोकला, सभ्यता र सम्पदाका धरोहरपार्टी ,पौवा र सतल ।विकासदशकौँपछि गाउँ पस्योररोपिदियोएउटा कलहको बिउथोपरिदियो मुआब्जाको लालचर देखायो समृद्धिका सपनाहरू ।आजकल देखिदैनहरिया खेत र खलियानहरूहराउँदै गएसिमसार र बुट्यानहरूकङ्क्रिटका जङ्गलहरूलेभरिएका छन् फाँटहरूबढेको छ जग्गाको भाउखस्केको छ मान्छेको भाउफराकिला भएका छन् बाटाहरूसाँगुरिँदै गएका छन् मनहरूफैलिएका छन् गोरेटाहरूखुम्चिएका छन् सम्बन्धहरूसम्पन्नताले उँचाइ छुँदै जाँदाखस्किँदै गएका छन्संवेदनाहरूमेटिएको छ पहिचानहराएको छ मानवताहो, वास्तवमैविकास आएपछिसुरु भएको छप्रकृतिको विनाश ।किशन पौडेल, हेटौंडा-४(पर्या-कविता प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त )