स्वर सम्राट नारायण गोपाल गोपालको सम्झनामा कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा ५ पिप्लेमा अवस्थित ज्ञानोदय बालवाटिका आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको सो कार्यक्रममा बालबालिकाहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय प्रशासक आल्देन लिङ्देनले नारायण गोपालले गाउनुभएको ‘म मरे पनि मलाई मेरो देशको माया छ’ बोलको गीत गाएर कार्यक्रमकाे शुभा्म्भ गर्नुभएको थियो । दुई ओटा सामूहिक गायन प्रस्तुत भएको सो कार्यक्रममा ऋषभ बानियाँ, आयुष्मा उप्रेती, कृतिशा काफ्ले, बेनु शर्मा पराजुली, विपना मोक्तान, महेन्द्र ओझा लगायतकाले एकल प्रस्तुति दिएका थिए । विद्यालयका प्रधानाध्यापक श्यामकुमार बानियाँले स्वर सम्राट् नारायण गोपालका विविध आयामका बारेमा चर्चा गर्नु भएको थियो । नारायण गोपालको सम्झनामा विद्यालयले हरेक वर्ष ‘भ्वाइस अफ ज्ञानोदय’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतिभालाई २०८० फागुन ४ गते भीम व्रिाग स्मृति एकल गायन प्रतियोगिताका दिन पुरस्कृत गरिने प्रधानाध्यापक बानियाँले जानकारी दिनुभयो । नेपाली गायन र सङ्गीतका शिखर प्रतिभा नारायण गोपाल वि. सं. १९९६ असोज १८ – २०४७ मङ्सिर १९ गते किलागल काठमाडौँमा जन्मेका थिए ।
