दिन दाहडै स्कुल जाँदा पानी पँधेरो गर्दा मेरो अस्मिता लुटिँदा मैले हार गुहार गर्दा के तपाईँ साँच्चिकै सुन्नुहुन्छ ?
मैले न्यायको भिख मागेर बिच बजारमा रोइ कराई चिच्याइरहेको मेरो आवाज के तपाईँको सिंहदरबार सम्म पुग्छ महोदय ?
भन्नुस् सरकार ! म कहाँ सुरक्षित छु ?
म जस्तै सर्वहाराहरूको रगत र पसिनाका बुँदहरूले लेखिएको छ यो सार्वभौम भूगोलको संविधान तपाईँको त्यो उचाइको मचानमा पुग्ने लिस्नुको एउटा खुड्किला हुँ म पनि ।
खै मेरो नैसर्गिक अधिकार कहाँ छ ? मैले न्याय पूर्वक सुरक्षित बाँच्न पाउने मेरो उन्मुक्त आकाश खै ??