स्वर्गीय पिता पूर्णलाल श्रेष्ठ र माता स्वर्गीय वेल कुमारी श्रेष्ठका कान्छा छोरा लाल श्रेष्ठको जन्म विक्रम सम्वत २०१७/०८/१९ मा हेटौंडा वडा नंवर १० मा भएको हो । हाल उहाँको वसोवास मेनरोड, हेटौडा-४ मा रहेको छ । बालक कालदेखि नै संगीत र सिनेमामा हुरुक्कै हुने उहाँ बढ्दै गएको उमेरसँगै उहाँले सोहि अभिरूचिलाई पेशाको रूपमा चुन्नु भयो । अनेकौं सम्मान र पुरस्कारबाट सम्मानित हुनु भएको उहाँले यस आगतमा अक्षर र आवाजको खेतीलाई नै आफ्नो उद्योग बनाउनु भएको छ ।
व्यक्तिगत विवरण नाम : लाल श्रेष्ठ जन्म मितिः बिक्रम संवत २०१७/०८/१९ फोन: ९८४५०२९५३९,९८१८०४७८०१ स्थायी ठेगाना. हेटौंडा ४, बैंक रोड, मकवानपुर नागरिकता : नेपाली शिक्षा : एसएलसी धर्म: हिन्दु वैवाहिक अवस्थाः विवाहित,
अनुभवः २०३३ सालदेखि २०५० सालसम्म विभिन्न संस्थाहरूमा रहि सांस्कृतिक कार्यक्रमहरूमा कलाकार, लेखन एवं प्रशिक्षकको भुमिकामा सहभागी । तरंग सांस्कृतिक परिषद् मकवानपुरमा प्रशीक्षक भई २०५१ देखि’ २०६१ सम्म गायन र बादन (गीटार, कीबोर्ड, स्टाफ नोटेशन, पुर्वेली स्वरलीपी, मादल, कंगो, तबला, मेण्डोलीन, भ्वाईलीन, सारंगीको प्रशिक्षण सञ्चालन । मनकामना म्युजीक ईन्स्टीच्युट मकवानपुरमा प्रशिक्षक भई २०६२ देखि २०६७ सम्म गायन, बादन र लेखन कार्यमा कार्यरत् । काठमाण्डौका विभिन्न शैक्षिक संस्थाहरूमा २०६८ बाट २०७४ सालसम्म सङ्गीत प्रशीक्षक एवं लेखन कार्यमा कार्यरत् ।
दर्जनौ गीतहरू लोकार्पण
प्रदर्शित सडक नाटकहरू छड्के तिलहरी, आवेग, सिकारी, मकवानपुरमा प्रदर्शन बैकन्या, नारायणी अञ्चल र श्रीलंकामा प्रदर्शन तमसोमाज्योतीर्गमय श्रीलंकामा प्रदर्शन केरमेट सपना, दोलखामा प्रदर्शन
प्रकाशित पुस्तक लाल श्रेष्ठका सङ्गीतहरू २०६१ श्रावण औडव (सङ्गीतमा केहि प्रयोगहरू) २०६९ कागजमा सिनेमा लामा कथाहरू भाग एक २०७९ कागजमा सिनेमा लामा कथाहरू भाग दुई २०७९
पुरस्कार विश्वेश्वर आलोक अध्ययन मञ्च, मकवानपुरबाट सांगीतिक प्रतिभा २०५५ साहित्य सङ्गम मकवानपुरबाट मकवानपुर प्रतिभा २०५७ मातृभुभी साहित्य समाज, मकवानपुरबाट नीत्य गोविन्द सङ्गीत प्रतिभा २०६२ नेपाल भाषा खल, मकवानपुरबाट सुर्यलक्ष्मी नेवाः सिरपा २०६५ राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल, जिल्ला समिति, मकवानपुरबाट जन संस्कृति पुरस्कार २०६९/१०/१३ मदन भण्डारी फाउण्डेशन मकवानपुरबाट मदन स्मृति सङ्गीत पुरस्कार २०७६/०३/१
लाल श्रेष्ठको र्चचीत गित गुड्यो मोटर सुसाउँदै / कृष्ण गोपाल सिंहको गायनमा