कार्तिक १२ आइतबार,
मकवानपुर । कवि पुरूषोत्तम आचार्य पछिल्लो साहित्यिक कृति ‘जुनेली’ खण्डकाव्य लिएर आउँदै हुनुहुन्छ ।
५० को दशकमा कवि हुर्किएको समयको समाजमा भोगेका विषयवस्तुलाई समेटिएको उहाँले बताउनु भयो । साथै यो पुस्तकले तत्कालिन सामाजिक परिवेशका साथै जनयुद्धको समय र दलित परिवारमा हुर्किएकी पात्र जुनेलीको प्रेम प्रसङ्गलाई उठान गरेको उहाँले जानकारी दिनुभयो । १२ अध्यायमा विभाजित यस पुस्तक साझा प्रकाशनले प्रकाशन गरेको हो ।
यसै खण्डकाव्यभित्रका दुई श्लोकहरूः
छाँगाको गति रोकाइदिने किन छ पहरा ?
पहरा फोरी बग्दछ फेरि किन त्यही छहरा ?
०००
चुम्बक कसले बनायो होला मायामा तानिने ?
धागो त्यो कसले बनायो होला मायामा गासिने ?
०००
कवि आचार्यका ‘भोको मझेरी’ मुक्तक सङ्ग्रह (२०६८), ‘मुटु र गीतहरू’ गीती सङ्ग्रह (२०७०), ‘Roaring Flames’ (संयुक्त कवितासङ्ग्रह २०७७), ‘छैनौ कसोरी तिमी’ (ऊर्जा काव्य २०७९) का साथै विभिन्न फूटकर रचनाहरू प्रकाशित छन् । यसअघि ‘घाम त झुल्क्यो’ गीतको एल्बम सार्वजनिक भैसकेको छ ।