कार्तिक २२, बुधबार मकवानपुर ।
सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यात्मक देउसी कार्यक्रम गर्न लागेको छ । विगतका वर्षहरूको निरन्तरतास्वरूप यही कार्तिक २५ गते कागतिहारका दिन यस कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा महिला गायक/कलाकारको भैली गीत, प्यारोडी गायन, प्यारोडी प्रवचन, प्रहसन, हास्यव्यङ्ग्य कविता वाचन, खैँजडी भजन लगायत साङ्गितिक प्रस्तुतिहरूले विद्यमान व्यवस्थाका कमजोरीलाई उजागर गर्दै प्रशासनिक, राजनीतिक तथा क्षेत्रगत सुधारका लागि खबरदारी हुने विश्वास गरिएको अध्यक्ष राजकुमार लामिछानेले बताउनुभयो ।
कार्यक्रमलाई टिम टिभीले प्रत्यक्ष प्रशारण र एनएस टेलिभिजनले छायाङ्कन गर्ने तथा सो कार्यक्रम हेटौंडा उपमहानगपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको कोषाध्यक्ष शुभद्रा हुमागाईँले बताउनुभयो ।
विगतका कार्यक्रमहरूमा विभिन्न कार्यालयका प्रमुख, साहित्य सर्जक, साहित्यप्रेमी, शिक्षक, कर्मचारी, समाजसेवी, राजनीतिक, व्यापारिक व्यक्तित्वहरू लगायतको उल्लेख्य सहभागिता रहने भएकोले कार्यक्रम रोचक रहने तथा कार्यक्रम रोयल प्यालेस हेटौँडा ४ मा हुने संस्थाका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।