मङ्सिर १, शुक्रबार
मकवानपुर । गजल मञ्च मकवानपुरको नियमित २०८औं श्रृङ्खला आउँदो शनिबार हुनेछ ।
गजल वाचन, बहस, प्रतियोगिता तथा पुस्तक विमोचन लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको गजल मञ्चले यो पटक तिहार तथा चाडपर्व विशेष श्रृङ्खला सञ्चालन गर्न लागेको हो । विद्यालयहरूमा गजल लेखन कार्यशाला समेत सञ्चालन गरी गजल लेखनलाई बढावा गर्दै आइरहेको मञ्चका अध्यक्ष केशव समर्पणले बताउनुभयो ।
यस्तै गजल मञ्चका सचिव हरि पौड्यालले साहित्य संगम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा बिहान ११:०० बजे सो कार्यक्रम आयोजना हुने जानकारी दिनु भएको छ ।