Homeसमाचारमकवानपुरे साहित्य सर्जकहरू मेरठ साहित्य उत्सवमा सहभागी हुँदै
मकवानपुरे साहित्य सर्जकहरू मेरठ साहित्य उत्सवमा सहभागी हुँदै
मंसिर ८, बुधबार मकवानपुर । मकवानपुरका साहित्य सर्जकहरूको टोली दिल्लीको मेरठमा आयोजित ‘क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ’ मा सहभागी हुनका लागि प्रस्थान गरेको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेल, कवि बैकुण्ठ लामिछाने र देवेन्द्र कलवार सहभागिताका बुधबार रक्सौल-गोरखपुर हुँदै दिल्लीका लागि जानु भएको हो । मेरठमा नोभेम्बर २४-२६ अर्थात् मङ्सिर ८, ९ र १० गते ३ दिने महोत्सवमा काठमाडौं, चितवन र नेपालगन्जबाट सर्जकहरू सहभागी हुने गोरखपुरबाट किशन पौडेलले बताउनु भयो । साथै यसअघिका वर्षहरूमा समेत मकवानपुरबाट सर्जकहरू सहभागी हुने गरेको उहाँले जानकारी दिनुभयो । नेपालबाट पुग्नुहुने सर्जकहरूले वृहस्पति भवन, चौधरी चरण सिंह विश्वविद्यालय मेरठमा कविता, गजल, मुक्तक वाचन गर्ने सर्जक डीबी बर्तौलाले जानकारी दिनुभयो ।