पौष ४, मंगलबार
मकवानपुर ।
तासिर ईङ्लिश सेकेण्डरी (बोर्डिङ) स्कुलद्वारा आयोजित रणबहादुर मेमोरियल अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पौष ४ गते भएको सो प्रतियोगितामा ज्ञानदीप शिक्षा (जिएस) निकेतन मावि प्रथम, जनप्रिय मावि द्वितीय र जेम्स इङ्लिस बोर्डिङ स्कुल तृतीय भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १० हजार १ सय ५५, द्वितीय पुरस्कार ७ हजार १ सय ५५ र तृतीय पुरस्कार ५ हजार १ सय ५५ रूपैयाँ रहेको थियो । विजेताहरूले प्रमाणपत्रका साथमा ट्रफी समेत प्राप्त गरेका छन् ।
तासिर स्कुलका संस्थापक राजन थापाका स्वर्गीय पिता रणबहादुर थापाको स्मृतिमा बगमती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणी पौडेलको प्रमूख आतिथ्यमा आयोजित ५ औं रण बहादुर थापा मेमोरियल अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा २६ वटा विद्यालयहरु सहभागी थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिठे बहादुर कार्कीको अध्यक्षता रहेको थियो भने कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ७ नं. वडा अध्यक्ष दामोदर गौतम, विद्यालय सञ्चालक राजन थापा, प्रमूख सल्लाहकार दिल बहादुर श्रेष्ठ, प्रिन्सिपल विनोद थपलिया लगायतको सहभागिता रहेको थियो ।
