लगाएर सुन्दर कत्ले कोट
खुरुङ्खुरुङ् हिँड्छु म
हुँ सङ्कटापन्न स्तनधारी
गर्दिन कसैलाई नोक्सानी
मात्र हुँ म किसानको साथी।
यो सुन्दर पृथ्वी
घर बनेको छ
मेरा ८ प्रजातिको
रैथानिए बनेका छन्
तामे र काले
नेपाल देशको
तर
लोपोन्मुुख बनेको छ
मेरो आफ्नो अस्तित्त्व ।
खाएर धमिरा, कमिला र किरा
जोगाउँछु म अन्नबाली
खनेर प्राङ्गारिक माटो
बढाउँछु उर्वराशक्ति
खनेरै माटो
कायम राख्दछु जमिनको चिस्यान
अनि म
न मानिस
न अन्नबाली
न कुनै जनावर
गर्दिन कसैलाई हानी
त्यसैले त भन्छु
म सालक तिम्रो साथी।
अब मात्र जोगाइदेऊ मेरो अस्तित्त्व
नउजाडिदेऊ मेरो घर
नमारिदेऊ मलाई
मात्र…
देखाउनलाई निर्जीव सजावट
लिन स्वाद मेरो अङ्ग-अङ्गको
बिन्ती गर्दैछ तिमीलाई
म सालक तिम्रो साथी ।
(हेटौंडा)
