मिर्जा गालिब सन् १७९७-१८६९ । भारतको आग्रामा एक गरिब परिवारमा जन्मिएका उनको पूरा नाम मिर्जा असदुल्लाह बेग खान हो । विश्व साहित्यमा उर्दूको सबैभन्दा उच्च आवाजका रुपमा गालिबलाई लिइन्छ । सुरुवातीमा अङ्ग्रेजीमा लेखेता पनि उनको लेखाइ उस्तो चर्चा भने भएन । बिस्तारै बिस्तारै उनलाई आफ्नै मातृ भाषा उर्दूले संसारभर चिनायो । डेढ सय वर्षपछिसम्म पनि चिनाइरहेको छ । प्रविधिको विकाससँगै थुप्रै एप्लिकेसन, वेबसाइट, युट्युब च्यानलसम्म गालिबका शेर पुगे ।
जसका शेरहरू अहिले झनै चर्चित छन् । चर्चित किन भने जाबेद अख्तरदेखि कादर खानसम्मले उनलाई चर्चित मानेका छन् । चर्चित किन भने जगजीत सिंह र चित्रा सिंह जोडीले गालिबद्वारा लिखित गजल गुन्गुनाएका छन् । यो जोडीको दुखद कथा पनि लेख्दै गरौंला । चाहे चलचित्रकर्मी गुल्जार होउन् वा स्ट्याण्ड अप कमेडियन जाकिर हुसेनसम्मले गालिबका शेरलाई कुनै मन्त्रभन्दा कम वाचन गरेका छैनन् । युवा पुस्तामा चर्चिच जाकिर भन्छन्- “गुरू गालिब हुन्, बाँकी सबै प्रयास गरिरहेका छन् ।” जाबेद अख्तरले गालिबका बारेमा भनेकै छन् “उन्नाइसौं शताब्दीमा भारत मात्रै नभएर संसारमै सबैभन्दा चर्चित शायर कोही थिए भने ती गालिब नै हुन् ।” अख्तरले गालिबले वादशाह बहादुर शाह सामू उस्ताद जौक, हाकिम मोमिन खान आदि होनहार कविहरूमाझ पनि आफ्ना शेर सुनाउने क्रममा । वादशाहलाई शेर मन नपरेर उठेर हिँडेका किस्सादेखि फकिरलाई शेर सुनाउँदा उनले पाएको स्याबासीका हौसलासम्मका किस्साहरू सुन्न पाइन्छन् ।
उनका केही चर्चित शेरहरुः
०००
हम तो पहले हि जिन्दगी में तन्हा थे
तुमने छोडकर हमें कौन सा कमाल करदिया ।
०००
जहर मिलता ही नहीं मुझ को सितमगर वर्ना
क्या कसम है तेरे मिलने की कि खा भी न सकूँ
मेहरबाँ हो के बुला लो मुझे चाहो जिस वक्त
मैं गया वक्त नहीं हूँ कि फिर आ भी न सकूँ ।
०००
ये न थी हमारी क़िस्मत कि विसाल-ए-यार होता
अगर और जीते रहते यही इंतिज़ार होता
०००
हम को मालूम है जन्नत की हक़ीक़त लेकिन
दिल के ख़ुश रखने को ‘ग़ालिब’ ये ख़याल अच्छा है
०००
उसी को देख कर जीते हैं जिस काफ़िर पे दम निकले
बहुत निकले मिरे अरमान लेकिन फिर भी कम निकले
०००
इशरत-ए-क़तरा है दरिया में फ़ना हो जाना
दर्द का हद से गुज़रना है दवा हो जाना
०००
न था कुछ तो ख़ुदा था कुछ न होता तो ख़ुदा होता
डुबोया मुझ को होने ने न होता मैं तो क्या होता
०००
हैं और भी दुनिया में सुख़न-वर बहुत अच्छे
कहते हैं कि ‘ग़ालिब’ का है अंदाज़-ए-बयाँ और
०००
बस-कि दुश्वार है हर काम का आसाँ होना
आदमी को भी मुयस्सर नहीं इंसाँ होना
०००
बाज़ीचा-ए-अतफ़ाल है दुनिया मिरे आगे
होता है शब-ओ-रोज़ तमाशा मिरे आगे
०००
रंज से ख़ूगर हुआ इंसाँ तो मिट जाता है रंज
मुश्किलें मुझ पर पड़ीं इतनी कि आसाँ हो गईं
०००
आह को चाहिए इक उम्र असर होते तक
कौन जीता है तिरी ज़ुल्फ़ के सर होते तक
०००
काबा किस मुँह से जाओगे ‘ग़ालिब’
शर्म तुम को मगर नहीं आती
दर्द मिन्नत-कश-ए-दवा न हुआ
मैं न अच्छा हुआ बुरा न हुआ
०००
कहाँ मय-ख़ाने का दरवाज़ा ‘ग़ालिब’ और कहाँ वाइज़
पर इतना जानते हैं कल वो जाता था कि हम निकले
०००
क़र्ज़ की पीते थे मय लेकिन समझते थे कि हाँ
रंग लावेगी हमारी फ़ाक़ा-मस्ती एक दिन
०००
कोई मेरे दिल से पूछे तिरे तीर-ए-नीम-कश को
ये ख़लिश कहाँ से होती जो जिगर के पार होता
०००
मिर्जा गालिबको जीवनीमा आधारित टिभी सिरिज १९८८ मैं बनेको हो । उनका सम्बन्धमा हजारौं पेजका लेखनीहरू, सयौं घण्टाका दृश्य सामग्री, उत्तिकै श्रव्य सामग्री, पोस्टर शेरहरू अनलाइनमा पाइन्छन् । मिर्जा गालिबलाई सुन्नेहरूले आफ्नालागि नै लेखेका भन्ने ठानिरहनेछन् ।
गालिब रक्स्याहा थिए भन्ने चर्चा पनि उनीजत्तिकै चर्चामा छन् । उधारो माग्दा माग्दै उधारो नै बन्द भएका चर्चा पनि कम छैनन् । उनका बारेमा जति चर्चा चुलिइरहेको छ उति नै नयाँ नयाँ किस्सा पनि थपिँदै गएका छन् । त्यति मात्र के, छ न त आजकाल गालिबको नाममा केही अश्लील लेखन पनि चर्चामा रहेका छन् । त्यसबारे पछि नै लेखौंला । इति । (मुखाले)
