मुक्तक १

चामलकै लागि भए पनि धान कुटिनुपर्छ
बोटकै लागि भए पनि बिउ फुटिनुपर्छ 
म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न
मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ ।

मुक्तक २

बेलुकी पनि खान पुग्दैन कति गर्नुहुन्छ आमा
तैपनि गिट्टी कुट्न सधैँ घाटमा झर्नुहुन्छ आमा
त्यहीँ घाटमा एउटा लास पैसा ओडेर आउँदा,
भोकी छोरी रुँदै भनिन् कहिले मर्नुहुन्छ आमा ।

मुक्तक ३

जिवनभर यस्तै काम गरी भाग्यमानी हुनु
नथाकुन् कहिल्यै पाखुरा ती भाग्यमानी हुनु
मेरा खुट्टा तान्दा पनि हात मेरै पाउमा हुन्छ  
आशिर्वाद दिन्छु सधैं तिमी भाग्यमानी हुनु ।