९ चैत्र, मकवानपुर ।
एसइइमा सामेल हुँदै गरेका जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीकेन्द्रित अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा परीक्षाको तयारी, परीक्षा केन्द्र जानुअघि र पुगेपछि गरिने बानीव्यवहार, संलग्न हुनुपर्ने सरसामानहरू, समय व्यवस्थापन, उत्तरपुस्तिकामा नाम, विषय, पत्र, सिम्बोल नम्बर आदि लेख्ने तरिकाबारे सिकाइ गरियो ।
नेपाली माध्यमका संयोजक नीरबहादुर खड्का, पूर्व प्रअ नमराज अर्याल, बालीविज्ञान संयोजक विजय थिङले परीक्षामा उपस्थितिका विविध तौरतरिका प्रस्तुति तथा शुभकामना मन्तव्य राख्नुभयो ।
अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, शिक्षकद्वय सुनिल गौतम र संप्रस पौडेललगायतले प्रस्तुति गर्नुभयो ।
जनप्रिय मिडिया संयोजक सुनिल गौतमले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षक आशिष बललगायत उपस्थित हुनुभयो ।
विद्यार्थीहरूले परिक्षाका सम्बन्धमा आफ्ना विविध जिज्ञासाहरू राखेका यस अभिमुखिकरण कार्यक्रममा बालीविज्ञान, अङ्ग्रेजी माध्यम र नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरू सहभागी रहेका थिए ।
