चैत्र १४,चितवन । नव साहित्य अनलाइन मकवानपुर
कविडाँडा साहित्य समाज, चितवनद्धारा बितरण गर्दै आएको सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८० बाट आख्यानकार सरुभक्त सम्मानित हुने भएका छन् ।
कविडाँडा साहित्य समाज, चितवनको गत फागुन १६ गतेको बैठकद्वारा यस वर्षको कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८० वरिष्ठ कवि तथा आख्यानकार सरुभक्त श्रेष्ठलाई समर्पण गर्ने निर्णय गरिएको आयोजकले बताएका छन् ।
रु. पचास हजार पुरस्कार राशीको सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८० वरिष्ठ कवि तथा आख्यानकार सरुभक्त श्रेष्ठलाई आगामी चैत्र २४ गते समर्पण गरिने कविडाँडा साहित्य समाज, चितवनका अध्यक्ष एल. बि. क्षेत्रीले जानकारी दिएका छन् ।
सरुभक्त लामो समयबाट संरक्षण कविता आन्दोलनको नेतृत्व गरीरहनुभएको छ भने उनी मदन पुरस्कारलगायत दर्जनौँ पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।
