वैशाख ८ गते
मकवानपुर ।
स्याङ्जा निवासी युवा मुक्तककार मिलन समीरको नयाँ कृति मिलनमन्त्र बजारमा आएको छ । उनको नवीनतम् मुक्तक काव्य कृतिका रुपमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले “मिलनमन्त्र” बजारमा ल्याएकाे हो ।
प्रेमिल मुक्तकहरूको सङ्ग्रहका रुपमा यो काव्य कृति बजारमा आएको लेखकले बताए । “यसमा मायालु मुक्तकहरु छन् ।” उनले भने “सबै मुक्तकहरू प्रेमिल विषयमा लेखिएकाले सङ्ग्रहको नाम मिलनमन्त्र सुझाएको हो ।”
प्रस्तुत मुक्तक काव्य कृतिमा विशुद्ध मायाप्रेमसँग सम्बन्धित २४९ वटा मायालु मुक्तकहरु समावेश गरिएको छ ।
यस अगाडि समीरका “प्रिय दुश्मन” (शृङ्खला कविता–२०७९), “मिलन समीर र मिलन समीरहरु” (शृङ्खला कविताहरु–२०८०) प्रकाशित भएका छन् ।
