८ बैशाख, पाेखरा
नवसाहित्य अनलाइन ।

लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ६० औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थाका आजिवन सदस्य तथा लघुकथाकार विष्णु बास्तोलाले संख्यात्मक भन्दा पनि गुणात्मक सिर्जनाले लेखनको सार्थक रुप लिने भन्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार अल्पबिराम पोखरेली, कल्याण पन्त, स्ट्रगल राना, काजी गाँउले, पशुपति श्रेष्ठ, शोभा लामिछाने, ढाकामोहन बराल, तेजबहादुर गुरुङ लगायतले लघुकथा वाचन गरेका थिए ।

संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा सदस्य विष्णु बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।