२० साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

तीन मुक्तक
हे ईश्वर ! तिम्रो शक्तिमाथि, शङ्का लागेको छ
तिम्रो सुरक्षार्थ फलामे गेट हाल्न, चन्दा मागेको छ
देश र जनता ऋणमा, चुर्लुम्म डुबेको बेला तिमीले
सय किलोको जलहरी भिरेदेखि, आस्था फाटेको छ ।
०००
आच्चेई ! व्यस्त चोकैमा पनि, सटर खाली रहेछ
कहाँ हुनु योगा, प्रणायाम, नेतालाई खुसी पार्न ताली रहेछ
बगैँचामा सँधै देख्ने उनलाई, पुष्पप्रेमी भन्ठानेको थिएँ
पछि बुझ्दा उनी, त्यस बगैँचाको माली रहेछ ।
०००
डिग्री त लिएँ जसोतसो, उँभो लाग्न सकिएन
ईश्वरको फोट‍ोफ्रेम बाढीले बगायो, बचाउन सकिएन
नाघ्न सकिनँ अन्धविश्वासको पर्खाल, धेरै अग्लो रहेछ
अनेक कोसिस गर्दा पनि, भ्रमजालबाट बाहिर आउन सकिएन ।

तीन मुक्तक
समिर पाख्रिन
हेटौँडा, मकवानपुर