नवसाहित्य डटकम

१३ पुस २०८१ मकवानपुर, लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा वाचन गरेर गरेका थिए ।

कार्यक्रममा लघुकथाकारहरू त्रिलोचन ढकाल, रमेशचन्द्र घिमिरे, टुकादेवी पौडेल आचार्य, गीता तिवारी, र ढाकामोहन बरालले दुई चरणमा आफ्ना उत्कृष्ट लघुकथा प्रस्तुत गरेका थिए । वाचन भएका कथाहरूमा समसामयिक सामाजिक यथार्थ, मानवीय संवेदनशीलता र सांस्कृतिक पक्षलाई समेटिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले लघुकथाको महत्वबारे चर्चा गर्दै यस विधाको प्रभावकारिता र भविष्यका सम्भावनाहरूको चर्चा गरे ।

बिशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची” ले लघुकथा वाचन गर्दै लघुकथाको प्रकृति र प्रवृत्तिप्रति चर्चा गरेका थिए ।

लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य र सचिव अमृतले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले यस प्रकारका साहित्यिक कार्यक्रमहरूले लघुकथाका नयाँ सम्भावना उजागर गर्दै साहित्यिक क्षेत्रलाई समृद्ध पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title