नवसाहित्य डटकम

संवाददाता

माघ १८ मकवानपुर,
     मुक्तक दिवसको अवसरमा मुक्तक दिवस विशेष मुक्तक वाचन कार्यक्रम अनलाइन जुम मार्फत सम्पन्न भएको छ। मुक्तक मञ्च मकवानपुर शाखाले आयोजना गरेको कार्यक्रम‌लाई मञ्चका अध्यक्ष सागर तिमल्सिनाले सभाध्यक्ष ग्रहण गर्दै मञ्चका सचिव सुबास सजलले सञ्चालन गर्नुभयो।
     मुक्तक मञ्च केन्द्रीय सल्लाहकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठान समाजशास्त्र विभागका प्रमुख डा.कौशिला रिसाल प्रमुख अतिथिको रुपमा रहनु भएको कार्यक्रमलाई मकवानपुरका बालसाहित्यकार अनुसुया खनालका गहकिला मुक्तक वाचन सहित सुरुवात गरिएको थियो। मुक्तक मञ्च मकवानपुर शाखाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार डी.बी बर्तौलाज्यूले शुभकामना मन्तव्य सहित मुक्तक वाचन गर्नुभयो, साथै मञ्चका सल्लाहकार सानु खनाल, मुक्तक मञ्च केन्द्रीय उपाध्यक्ष किरण ढकाल, मुक्तक मञ्च काठमाडौँ शाखाका उपाध्यक्ष बसन्त पोखरेल दिवस, साहित्यकार यस लामा, रामकृष्ण अनायस, तिलक पोखरेल, राजुराम राउत, समिता पौडेल न्यौपाने, भवानी तिमल्सिना, अनु रोक्का, केदार राणा, कुशल अधिकारी लगायत दर्जनभन्दा बढी सर्जकहरूले आफ्ना मुक्तकहरू वाचन गर्नुभयो। मुक्तक दिवसको औचित्य र मुक्तक दिवसको सुरुवातमाथि बोल्दै यसलाई अझ जनस्तरमा लैजानुपर्ने केन्द्रीय उपाध्यक्ष किरण ढकालले बताउनुभयो।

    कार्यक्रममा वाचित मुक्तकहरूमाथि छोटकरीमा समीक्षकीय धारणा राख्दै मुक्तकमा हुनुपर्ने गुण, दोष र यसका आयामहरूलाई सबैले बुझ्नु जरुरी छ। विद्यालय स्तरका पाठ्यक्रममा पनि मुक्तक समावेश गर्न अझ सशक्त तरिकाले लागिपर्नुपर्दछ। विद्यालय स्तरका नानीबाबुहरूमा मुक्तक विषयक प्रशिक्षण एवम् जानकारीहरू दिइराख्नुपर्दछ। प्रज्ञा प्रतिष्ठान सदैव यस्ता कार्यक्रमहरूलाई तन मनले सहयोग गर्न तत्पर छ। भन्दै कार्यक्रमका प्रमुख अतिथि डा कौशिला रिसालज्यूले बुँदागत रुपमा आफ्ना भनाइहरू व्यक्तभयो।

    यही २०८० माघ २६ गते शनिबार बिहान ११ बजे साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त सभाहलमा मुक्तक मञ्च मकवानपुर शाखाको तेस्रो वार्षिकउत्सव कार्यक्रम हुने र उक्त कार्यक्रममा मुक्तकार द्वय मुक्तकार नीलञ्जला भारद्वाज र मुक्तककार अस्मिता दाहाललाई क्रमश बहादुर नन्द स्मृति मुक्तक सम्मान र इन्दिरा देवी स्मृति मुक्तक सम्मानद्वारा सम्मानित गरिने मञ्चका सचिव सुभाष सजलले जानकारी दिनुभयो।

     मुक्तकको उन्नयनका लागि आफू र आफ्नो कार्य समिति सदैव तत्पर रहेको मुक्तकमा लामो समयदेखि आफ्नो कलम चलाइरहनुभएको अग्रजहरूको साथ एवं समर्थन पाइरहे मुक्तक मञ्च मकवानपुरले आगामी दिनहरूमा अझ राष्ट्रव्यापी कार्यक्रमहरू गर्न सकिने जानकारी गराउँदै मञ्चका अध्यक्ष सागर ज्यूले कार्यक्रम समापन गर्नुभयो।

#मुक्तक मञ्च मकवानपुर

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन